विपन्न चलचित्रकर्मीको दाहसंस्कार खर्च अब बोर्डले ब्यहोर्ने

काठमाडौं । नेपाली अभिनेता बिएस राणाको निधन हुँदा उनको दाह संस्कारको लागि परिवारसँग दाउरा किन्ने पैसा पनि थिएन् । चलचित्रकर्मीले उनको शब पशुपति आर्यघाटमा पु¥याएपछि दाह संस्कारको लागि आपसमा चन्दा उठाए ।

त्यसपछि उनको दाहसँस्कार सम्पन्न गरेका थिए । दाहसंस्कारपछि उनको परिवारसँग क्रियापुत्री गर्ने खर्च समेत थिएन । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको पहलमा चन्दा सँकलन गरेर कलाकार राणाको काजक्रिया सम्पन्न गरिएको थियो ।

दम रोगले पीडित कलाकार जँग बहादुर (जुँगे) भट्टराईको दुई वर्षअघि निधन हुँदा दाह संस्कारमा पनि आर्थिक समस्या परेको थियो । उनको चितवनमा निधन भएको थियो । चितवनबाट काठमाडौंसम्म उनको शब ल्याएर दाहसँस्कार गर्न परिवारसँग आर्थिक अभाव थियो । त्यतिबेला पनि नेपाल चलचित्र प्राविधिक संघले चलचित्रकर्मीसँग चन्दा उठाएर उनको दाहसंस्कार ग¥यो । प्राविधिक संघले उनको काजक्रियाको लागि पनि आर्थिक सहयोग गरेको थियो ।

यस्तै थुप्रै बिपन्न नेपाली चलचित्रकर्मीहरुको मृत्यु हुँदा दाहसंस्कारका लागि आर्थिक अभाव हुने गरेको छ । यस्तो अबस्थामा चलचित्रकर्मीहरुले आर्यघाटमै चन्दा उठाएर दाह संस्कार गर्दै आएका छन् । कतीपय कलाकारहरुको दाहसँस्कारपछि काजक्रियाको लागिसमेत चन्दा उठाउनु पर्ने अबस्था कायमै छ ।

तर अब बिपन्न नेपाली चलचित्रकर्मीको निधन हुँदा आर्यघाटमा पुगेर चन्दा उठाउनु पर्ने छैन । बिरामी भएका नेपाली चलचित्रकर्मीहरुलाई उपचार खर्च प्रदान गर्दै आएको चलचित्र विकाश बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषबाट अब विपन्न चलचित्रकर्मीको दाहसंस्कार गरिने भएको छ । घाटमा पुगेको अबस्थामा शब दहन गर्नको लागि चन्दा उठाउनु पर्ने बाध्यतालाई निराकरण गर्न अब कोषले दाहसंस्कारको जिम्मा लिएको हो ।

कल्याणकारी कोषले खर्च व्यहोर्ने गरी विपन्न नेपाली चलचित्रकर्मीको दाहसंस्कार गर्न चलचित्र विकाश बोर्डले पशुपति क्षेत्र विकाश कोषसँग आपसी सम्झौता गरेको छ । यो सम्झौता अनुसार अब बोर्डले पशुपति क्षेत्र विकाश कोषलाई वार्षिक ५० हजार रुपैयाँ बुझाउने छ । सोही रकमबाट कोषले चलचित्रकर्मीको दाहसंस्कारमा आबस्यक पर्ने सबै सामग्री जुटाउँदै दाहसंस्कार गरिदिने भएको छ ।

यसै विषयमा चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले राजधानीसँग भने,‘जीवनभरी चलचित्रमा योगदान दिएका विभिन्न चलचित्रकर्मीहरुको निधन हुँदा दाहसँस्कारसमेत गर्न पैसा हुँदैन । यस्तो अबस्थामा हामीले नै चन्दा उठाएर धेरै चलचित्रकर्मीहरुको दाहसंस्कार गर्दै आएका थियौं ।’ अध्यक्ष डिसीले अगाडि भने,‘ अब विपन्न दिवँगत चलचित्रकर्मीको दाहसंस्कारमा लाग्ने सबैखर्च चलचित्र विकाश बोर्डले व्यहोर्ने छ । जसका लागि हामीले पशुपति क्षेत्र विकाश कोषसँग आपसी सम्झौता गरिसकेका छौं ।’

डिसीका अनुसार नेपाली चलचित्र सम्बन्धि नौ वटा संघ संस्था मध्य सम्बन्धि सिनेकर्मी जुन संस्थामा आबद्ध छन् । सोही सँस्थाले दाहसंस्कारको लागि बोर्डमा एउटा निवेदन दिनुपर्नेछ । सो निवेदन प्राप्त हुनसाथ बोर्डले पशुपति क्षेत्र विकाश कोषलाई तत्कालै पत्र पठाउने छ । यसपछि कोषले चलचित्रकर्मीसँग कत्ति पनि रकम नलिई दाहसँस्कार गरिदिने भएको छ ।

बोर्ड अध्यक्ष डिसीले हाललाई हिन्दु संस्कार अन्तर्गत दाहसंस्कार गरिने चलचित्रकर्मीको लागि यो निर्णय भएको जनाएका छन् । बौद्ध, मुस्मिल, किरात, क्रिश्चियन संस्कारमा अन्तिम संस्कार गर्नु पर्ने चलचित्रकर्मीहरुको लागि पनि यो सेवा दिने काममा पहल भईरहेको डिसीले बताएका छन् ।

चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले अब बिरामी पर्दामात्र हैन, विपन्न चलचित्रकर्मीको निधन हुँदा दाह संस्कारमा समेत कोषबाट आफुहरुले सहयोग गर्ने बताएकी छिन्,‘हामीले कल्याणकारी कोषबाट जिविकोपार्जनको लागि असक्त कलाकारलाई मासिक भत्ता र बिरामी कलाकारका लागि उपचार गर्न बढीमा दुई लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्दै आएका छौं । अबबाट विपन्न चलचित्रकर्मीको निधनमा दाहसंस्कारको खर्च पनि हामीले व्यहोर्ने भएका छौं ।’

चलचित्र विकाश बोर्ड र चलचित्रकर्मी कल्याणकारी कोषको यो कार्यलाई नेपाल चलचित्र कलाकार संघले स्वागत गरेको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले यो प्रसँसनीय कार्य भएको बताए । चलचित्रकर्मीको दाह संस्कारका लागि चन्दा उठाउने बाध्यताको अब अन्त्य हुने विश्वास उनले व्यक्त गरेका छन् ।

The post विपन्न चलचित्रकर्मीको दाहसंस्कार खर्च अब बोर्डले ब्यहोर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102560/