विश्वकप लिग-२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

काठमाडौं ।

नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो।

नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए। त्यसै गरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजवंशीले एक एक विकेट लिएका थिए।

यस अघि नेपालले टस हरेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए।

योसँगै नेपालको विश्वकप लिग-२ मा सातौँ हार बेहोरेको छ। अहिलेसम्म ९ खेलमा ७ हार बेहोरेको नेपाल केवल ३ अङ्कसहित सातौँ स्थानमा छ। त्यस्तै अमेरिकाले भने सातौँ जित हासिल गरेको छ।

यो जितपछि अमेरिकाको १० खेलमा १४ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा छ। अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।  

Source : https://newsofnepal.com/2024/10/28/675585/