शेयर बजार परिसूचक नेप्से २५ अङ्कभन्दा धेरैले बढ्यो

काठमाण्डौ – लागातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से २५ दशमलव ८८ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ८१ अङ्कमा पुगेको छ । हिजो र अस्ति दुई दिनमा गरी नेप्से एक सय पाँच अङ्कले घटेको थियो । आज सबै समूहको शेयर मूल्य बढेकोमा फाइनान्स समूहको शेयर तीन प्रतिशत भन्दा धेरैले बढ्यो । आज रावा इनर्जी डेभलेपमेन्ट लिमिटेडको शेयर आठ प्रतिशत भन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज वीन नेपाल लघुवित्त र कालिका लघुवित्तको शेयर मूल्य चार प्रतिशत भन्दा धेरैले घटेको छ ।...

Source : https://ujyaaloonline.com/story/108058/2024/10/22/the-stock-market-index-nepse-rose-by-more-than-25