सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका सडक र खोला किनारका बासिन्दाले आज काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । काठमाण्डौको माइतीघरमा भेला भएर उनीहरूले नाराबाजी पनि गरेका छन् । उनीहरूले मापदण्डका नाममा उठीबास गर्न पाइँदैन, खोला मिच्न पाइँदैन भन्ने लगायतका प्ले कार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

Source : https://ujyaaloonline.com/story/109092/2024/11/21/demanding-cancellation-of-road-and-river-standards