सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया शुरू गर्न तीन दल सहमत

काठमाण्डाै – प्रमुख तीन दल सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले आयोग गठनका लागि पदाधिकारीको छनोट गर्न सिफारिश समिति गठन गर्ने निर्...

Source : https://ujyaaloonline.com/story/107876/2024/10/17/3-parties-agreed-to-start-appointing-officials