अमेरिकाले यमनमा हुथीहरूविरुद्ध हमला गरर्यो , भूमिगत हतियार भण्डारण स्थलहरू ध्वस्त

अमेरिकाले यमनमा इरान समर्थित हुथीहरूविरुद्ध हवाई आक्रमण गरेको छ । पाँच भूमिगत हतियार भण्डारण स्थलहरूमा निशाना बनाउने गरेर अमेरिकाले हमला गरेको हो ।

रक्षा सचिव लोयड अस्टिनका अनुसार, बी २ स्टिल्थ बमवर्षक विमानहरूले ती स्थलहरूमा आक्रमण गरेका हुन् ।

यी भण्डारण स्थलहरूमा लाल सागर र एडनको खाडीमा सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने अत्याधुनिक पारम्परिक हतियारहरू राखिएका थिए।

अस्टिनले यो आक्रमण अमेरिकाले कुनै पनि चुनौतीपूर्ण स्थानलाई निशाना बनाउन सक्षम छ भन्ने देखाएको छ । यो आक्रमणले अमेरिकी वायु सेनाको बी २ स्टिल्थ बमवर्षकहरूको विश्वव्यापी आक्रमण क्षमताको प्रदर्शन गरेको छ।

अमेरिकाले यमनमा हुथीहरूलाई लक्षित गर्न बी २ बमवर्षक विमान प्रयोग गरेको हो। यो बमवर्षक पहिले प्रयोग गरिएका लडाकु विमानहरूको भन्दा ठूलो छ र धेरै ठूलो मात्रामा बमहरू बोक्न सक्षम छ।

अस्टिनले भने कि राष्ट्रपति जो बाइडेनको निर्देशनमा यो आक्रमण हुथीहरूको क्षमतामा कमी ल्याउन गरिएको हो । किनकि हुथीहरूले विगत एक वर्षदेखि अमेरिकी र अन्तर्राष्ट्रिय जहाजहरूमा आक्रमण गर्दै आएका छन्।

Source : https://www.khasokhas.com/210854