सन्दीपको अमेरिकाको भिषा स्वीकृत, आजै बेलुकी प्रस्थान गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेको अमेरिकाको भिषा स्वीकृत भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीपको भिषा स्वीकृत भएको जानकारी दिएको हो ।

भिषा स्वीकृत भएसँगै सन्दीप विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आजै बेलुका अमेरिका प्रस्थान गर्ने क्यानले जनाएको छ ।

Source : https://www.khasokhas.com/210874