साफ महिला फुटबल: नेपाल र भुटानबीचको खेल बराबरी
काठमाडौं। राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अंक बाँडेका हुन्। साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो। खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने […]