सन्दीप लामिछाने क्रिकेट खेल्न आजै बेलुका अमेरिका जाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने आजै बेलुका अमेरिका जाने भएका छन् । अमेरिकाको भिसा पाएसँगै उनी अमेरिका जाने तय भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीपको भिषा स्वीकृत भएको जानकारी दिएको हो । सन्दीप विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न अमेरिका जान लागेका हुन् । यस अगाढि उनको भिसा अस्वीकृत भएको थियो ।

Source : https://www.khasokhas.com/210874