रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने

काठमाडौं ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ।

पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर आज राति नै लामिछानेलाई पोखरा लगिएको छ।

भोलि (शनिबार) अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो।

अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो।

Source : https://newsofnepal.com/2024/10/18/674079/