साफ महिला च्याम्पियनशिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा श्रीलङ्काले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलले हरायो । श्रीलङ्काकी इमेशा वर्नाकुलासुरियाले गोल गरिन् । यो जीतसँगै श्रीलङ्काले ३ अङ्क जोडेको छ । प्रतियोगितामा आजै आयोजक नेपाल र भुटान खेल्दैछन् । याे खेल अहिले बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ । साफ महिला च्याम्पियनशिपको समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्...

Source : https://ujyaaloonline.com/story/107912/2024/10/18/sri-lanka-beat-maldives-in-saff-women-championship