सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

काठमाण्डौ - सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट सभापति लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि लामिछानेले कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । आजै जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले म...

Source : https://ujyaaloonline.com/story/107923/2024/10/18/rsp-president-lamichhane-arrested