साफ महिला च्याम्पियनसिपः आज दुई खेल हुँदै

काठमाडौं ।

साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल श्रीलङ्का र माल्दिभ्सबीच हुँदै छ। दशरथ रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि सुरु हुने छ।

त्यस्तै दोस्रो खेल नेपाल र  भुटानबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि सुरु हुने छ। प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन्।

नेपाल समूह बी मा श्रीलङ्का, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्। नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ।

अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। एन्फाले २३ सदस्यीय टिमको घोषणा गरेको छ।

Source : https://newsofnepal.com/2024/10/18/673895/