सिंहदरबार वैद्यखानाले पर्याप्त औषधि उत्पादन गरे बजार व्यवस्थापनको जिम्मा मन्त्रालयले लिने
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ । समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताउनुभयो । वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्नसक्ने गरी क्षमता बढाउनुपर्नै मन्त्री पौडेलले बताउनुभ...
Source : https://ujyaaloonline.com/story/108337/2024/10/30/ministry-will-take-charge-of-medicine-market