सुनको भाउ ह्वात्तै घट्यो, व्यवसायीलाई यसरी घाटा !

काठमाडौँ । सोमबार सुनको मूल्य तोलाकै १५ हजार ९ सय रुपैयाँले घटेपछि यस अघि नै महङ्गोमा सुन किनेर राखेका व्यवसायीहरूलाई घाटा भएको छ । तोलामा १५ हजार ९०० कुनै हालतमा फाइदा नहुने भन्दै उनीहरूले आफूलाई ठूलो घाटा भएको बताएका हुन् ।

आफूलाई ठूलो घाटा हुने भन्दै सुन व्यवसायीहरूले सुन बेच्न नमानेको समेत पाइएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेर प्रतितोला १८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आउँदो विवाहका लागि सुन किन्ने तयारीमा रहेका ग्राहकहरू भने सुनको भाउ घटेपछि खुसी भएका छन् । 

Source : https://arthasarokar.com/2024/11/the-price-of-gold-fell-sharply-the-loss-to-businessmen.html



Related Posts