सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २१०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४२ हजार २ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १८००.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/10/goldsilver-627.html