यसपाली तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने ! 

काठमाडौँ । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपाली ३८ करोड रुपैयाँ बराबरको ४५ लाख गोटा सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान गरिएको हो ।

तिहारका बेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले बताएका छन् । 

तिहारमा काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा तिहार लक्षित फूल तथा फूलका मालाहरु बाहिरी मुलुकबाट आयात हुँदै आएको छ ।

Source : https://arthasarokar.com/2024/10/mala-7.html