हरिबोधिनी एकादशीको लागि किनमेल गर्नेहरुको भिड (तस्विरहरु)
काठमाडौँ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई ठुलो एकादशीका दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।
यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । त्यसको लागि आवश्यक सामग्री खरिद गर्नको लागि आज बजारमा भिड लागेको हो । बाँकी तस्विरमा हेर्नुहोस्: