हार्मोनियम बिज्ञ विमललाई प्रभु साहको सम्मान

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले हार्मोनियम बिज्ञ विमल साहलाई सम्मानित गरेका छन् ।

वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्वारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका साहलाई आजपा अध्यक्ष प्रभु साहले काठमाडौंमा सम्मानित गर्दै बधाई तथा शुभकामना दिएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी विमल हालै वल्र्ड बुक अफ रेक्डर्स लन्डनद्धारा सम्मानित भएका थिए । उनी नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएका व्यक्ति हुन् ।

उनको आफ्नै विमल नामको हार्मोनियम ब्रान्ड समेत रहेको छ । मिहेनतले मान्छेलाई महान बनाउछ भने जस्तै एउटा सानो हार्मोनियमको मर्मत पसल खोलेका विमलले आज आफ्नै नामको ब्रान्ड चलाउनु खुशीको बिषय रहेको आजपा अध्यक्ष साहले बताउदै उनको निरन्तर प्रगतिको कामना समेत गरेका छन् ।

हार्मोनियम सफा गर्ने, पेच कस्ने कामबाट करिअर सुरु गरेका उनी हाल हार्माेनियममा डिजिटल ट्युनिङ गर्छन् । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने कामसमेत गर्दै आएका छन् उनले । त्यसैले त उनलाई कतिपयले हार्माेनियमका चिकित्सक (डाक्टर) भन्छन् भने कतिले हार्मोनियमका ‘बादशाह’ भनेर चिन्छन् ।

शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपालमा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराएका छन् ।

सङ्गीत प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आएका छन् । साथै, बलिउडतिर भने उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक लगायतको हार्माेनिम ट्युनिङ गरिदिएको अनुभव उनीसँग छ । उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गरिसकेको बताए ।

The post हार्मोनियम बिज्ञ विमललाई प्रभु साहको सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102408/