खोटाङमा सुमो जिपबाट खसेर बालकको मृत्यु

खोटाङ । खोटाङमा सुमो जिपबाट खसेर घाईते भएका बालकको मृत्यु भएको छ । सुमो जिपबाट खसेर गम्भीर रूपमा घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका आठ वर्षीय हेमन्त बस्नेतको हिजो शुक्रबार मृत्यु भएको हो ।

दिक्तेल–काठमाडौँ चल्ने ना १ ज ५७४३ नम्बरको सुमो काठमाडौँबाट दिक्तेल आएर खाल्ले जानेक्रममा पछाडिपट्टी झुण्डिएर यात्रा गरेका आठ वर्षीय बालकको गएराति हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नगर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए अनुसार, घटनापछि सुमो चालक गोविन्द कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले भने, “काठमाडौँबाट दिक्तेल आउने यात्रु लिएर दिक्तेलमा झारेपछि घर जानेक्रममा चालकले थाहै नपाइ बालक सुमोमा चढेको खुलेको छ । पछाडि झुण्डिएर यात्रा गरेका आठ वर्षीय बालकको चालककै लापरबाहीका कारण सडकमा पछारिएर मृत्यु भएपछि कानूनी कारबाहीका लागि चालक र सुमो नियन्त्रणमा लिएका हौँ ।’

मृतक बालकको शव शुक्रबार बिहान जिल्ला अस्पतालमा परीक्षणपछि आफन्तलाई जिम्मा दिइएको छ ।

The post खोटाङमा सुमो जिपबाट खसेर बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102403/