१५ औं महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्। विराटनगरस्थित कोइराला निवासमा आज मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भने, “अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिनुहोस्।” […]

Source : https://www.dcnepal.com/2024/10/605913/