२० रुपैयाँले घट्यो चुकन्दरको मूल्य, १० रुपैयाँले बढ्यो पिंडालूको मूल्य (मूल्यसूचीसहित)
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चुकन्दरको मूल्य घट्दा पिंडालूको मूल्य बढेको छ । चुकन्दरको मूल्य २० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम ९० रुपैयाँ र पिंडालूको मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, लोकल गाजर १४० रुपैयाँ, तराई गाजर १३० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, बन्दा तराई ६० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मुला ५०, सेतो मुला लोकल ४० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १४०, मकै बोडी ६०, घिउ सिमी लोकल ११०, टाटे सिमी १२०, मटरकोशा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ६०, लोकल परवर ८० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ९०, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ९०, सखरखण्ड ९०, बरेला ५०, पिंडालू ६०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० र तोरीको साग ५० रुपैयाँ, मेथीको साग १३० रुपैयाँ र चमसूरको साग १३० रुपैयाँमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १००, बकूला ११०, कन्य च्याउ १८०, डल्ले च्याउ २५०, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो ११००, ब्रोकाउली १००, चुकन्दर ९०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले ७००, पुदिना ४००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ५०, खर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) ३००, भेडे खुर्सानी ७०, हरियो लसुन २००, हरियो धनियाँ १००, चाइनिज सुकेको लसुन ३५०, लसुन सुकेको नेपाली ३५०, छ्यापी सुकेको १५० र छ्यापी हरियो १८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३५०, अंगुर (कालो) ३५०, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ६०, निबुवा ४०, अम्बा १८०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ५०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ७० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।