२ महिनामा ५ करोडको तास आयात, ३ करोड राजस्व संकलन 

काठमाडौँ । पछिल्लो २ महिना (साउनभदौ) मा नेपालमा ६ करोड बढीको तास आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म ६ करोड ११ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ७ हजार ८ सय ९२ प्याकेट तास आयात गरिएको हो । 

तासको आयातबाट मात्रै राज्यले दुई महिनामा ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

विभागका अनुसार नेपालमा सबैभन्दा धेरै तास चीनबाट आयात हुँदै आएको छ । साउन र भदौमा पनि नेपालमा चीनबाट मात्रै ५ करोड २१ लाख ३ हजार रुपौयाँ बराबरको तास आयात गरिएको छ । 

त्यस्तै, चीनपछि भारतबाट मात्रै नेपालमा दुई महिनामा ९० लाख ५७ हजार रुपैयाँ बराबरको तास आयात गरिएको छ । जसमार्फत राज्यले ३१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

चीन र भारतबाहेक नेपालमा अमेरिका र बेलायत लगायतका देशबाट पनि तास आयात हुँदै आएको छ । यद्यपि नेपालमा कानूनीरूपमा तास खेल्न बर्जित गरिएको छ । 

Source : https://arthasarokar.com/2024/10/taas-5.html