मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीय स्थल रारा तालको सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ। यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ ।