काठमाण्डाै – २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो ।
अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए ।