अमेरिकामा मतदातालाई अर्बपति एलन मस्कले दिने १० लाख डलर रोक्न मुद्दा दायर

अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावलाई लक्षित गरी मतदाताहरुलाई अर्बपति एलन मस्कले दिने १० लाख डलर रोक्न मुद्दा दायर भएको छ । फिलाडेल्फियाका मुख्य अभियोजकले मस्क र उहाँको ट्रम्प समर्थक राजनीतिक कार्य समिति पीएसीविरुद्ध मुद्दा दायर गरेका हुन् । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको समितिविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गर्नुभएको बीबीसीले जनाएको छ । यसअघि गएको हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पीएसीलाई एक पत्र पठाउँदै १० लाख डलरको उपहारले सङ्घ...

Source : https://ujyaaloonline.com/story/108286/2024/10/29/elon-musk-filed-a-lawsuit-to-block-1-million-