आज कोशी प्रदेशसहित पहाडी भागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना
काठमाण्डौ – देशका धेरै ठाउँमा आजको मौसम सफा छ । तर पहाडी भागमा केही ठाउँमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत पहाडी भागका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मौसमविद् सञ्जिब अधिकारीका अनुसार ठूलो पानी पर्ने सम्भावना छैन । अबको तीन दिन र तिहारको मुख्य दिन भाइटीकासम्म मौसम यस्तै रहने पूर्वानुमान छ । भाइटीकाको दिन कतै कतै पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ । विशेषगरी पूर्वी भागमा छिट्पुट पानी पर्न सक्ने अनुमान छ । तर यसबारेमा मौसम विभागले आधिकारीक ब...
Source : https://ujyaaloonline.com/story/108283/2024/10/29/possibility-of-light-rain-in-some-parts-of-hilly-