आज पनि सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ कीर्तिमान राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो ।

यो सँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । मंगलबार तोलामा २ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम हुँदै नयाँ रेकर्ड कायम भएको छ ।

Source : https://onlinetvnepal.com/2024/10/185137/