उडान अनुमति नलिई काठमाण्डाै आएकाे थाई एअर एशियालाई कारबाही

काठमाण्डाै – उडान अनुमति नलिई काठमाण्डाै आएको थाई एअर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाण्डाै आएको विमानलाई अवतरण गर्न दिएर प्राधिकरणले कारबाही गरेको हो । झन्डै एक घण्टा 'होल्ड' भएपछि विमान काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एअर एशियाको उडान तत्कालका लागि निलम्बन गरिनुका साथै नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ । सूचना अधिकारी भूलले थाई एअर ...

Source : https://ujyaaloonline.com/story/108232/2024/10/27/thai-airasia-flights-suspended