उसुको थाउलो विश्वकपमा नेपालका विजय सिंजालीले कांस्य पदक जिते

काठमाण्डाै – उसुको थाउलो विश्वकपमा नेपाली खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन् । जापानको योकाहा शहरमा चलिरहेको उसुको तेस्रो थाउलो विश्वकपमा नेपालका विजयले ऐतिहासिक कांस्य पदक जितेका हुन् । आज बिहान सकिएको प्रतिस्पर्धामा उनले ९ दशमलव ६३६ अङ्क प्राप्त गर्दै कांस्य पदक जितेका हुन् । नौ जना खेलाडीबीच प्रतिस्पर्धा भएकोमा विजयले अमेरिका, मेक्सिको, बेलायतलगायत ६ वटा देशका खेलाडीलाई पछि पारे । यो प्रतिस्पर्धामा मलेसियाका वेन सन वोङले स्वर्ण पदक र जापानका मोटोयोशी अराकीले रजत पदक जितेका छन् । उसुको थाउलो विश्व...

Source : https://ujyaaloonline.com/story/108217/2024/10/27/bijay-sinjali-won-bronze-medal-in-taolu-world-cup