एरियानादेखि केटी पेरीसम्म २१औँ शताब्दीका महान् पपस्टार

काठमाडौं ।

संगीतसम्बन्धी विश्व चर्चित म्यागजिन बिलबोर्डले २१औं शताब्दीका महान् पपस्टारको सूची सार्वजनिक गरेको छ।
बिलबोर्डले हालै पहिलो चरणमा नौदेखि २५औं स्थानसम्मका पपस्टारको सूची सार्वजनिक गरेको हो।

यी पपस्टारले पछिल्लो २५ वर्षयता सबैभन्दा धेरै पपस्टारडमलाई परिभाषित गरेका आधारमा बिलबोर्डले यो लिस्ट सार्वजनिक गरेको जनाएको छ। ‘यस अवधिमा यी पपस्टारले हामीलाई पप महानताको उदाहरण पनि दिएका छन्,’ बिलबोर्डले उल्लेख गरेको छ।

सार्वजनिक लिस्टअनुसार नवौं स्थानमा पपस्टार एरियाना ग्रान्डे रहेकी छन् भने १० औं स्थानमा एडेल, एघारौं स्थानमा अशर, बाह्रौं मा एमिनेम, तेह्रौं निकी मिनाज, चौधौंमा जस्टिन टिम्बरलेक, पन्ध्रौंमा माइली साइरस, सोह्रौंमा जे–जेड, सत्रौंमा सकिरा, अठारौंमा द विकेन्ड, उन्नाइसौंमा बीटीएस र बिसौंमा ब्रनो मार्स रहेका छन्।

यस शताब्दीका महान पपस्टारको एक्काइसौं स्थानमा भने लिल वेन, बाइसौंमा वान डाइरेक्सन ब्यान्ड, तेइसौंमा ब्याड बन्नी, चौबीसौंमा एड शिरन र पच्चीसौं स्थानमा केटी पेरी रहेकी छन्। बिलबोर्डले एकदेखि आठौं स्थानसम्मको सूची चाँडै सार्वजनिक गर्ने जनाएको छ।

Source : https://newsofnepal.com/2024/10/22/674621/