कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५८ जना विद्यार्थी दीक्षित

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पहिलो पटक ५८ जना विद्यार्थी दीक्षित भएका छन्। प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका हुन्। प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरु दीक्षित भएका हुन्।

प्रतिष्ठानका अनुसार स्नातकतर्फ १३ जनाबीएमएस, ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित भएका छन्। यस्तै प्रधानमन्त्री ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नव निर्मित शैक्षिक भवन समेत उद्घाटन गरेका छन्।

यस्तै कर्णालीको विकास र समृद्धिका लागि प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक, ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिलाई १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।

शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै राज्यको गम्भीर ध्यानाकर्षण गराएका हुन। उपकुलपति मंगल रावलले सिटामोलको अभाव झेल्ने कर्णालीले अब देशमा आइपर्ने स्वास्थ्य संकटलाई सहयोग गर्ने हैसियत बनेको बताए ।

The post कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५८ जना विद्यार्थी दीक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103662/