पहिलो चौमासिकमा राजस्व सङ्कलन बढ्यो

काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व सङ्कलन गएको आर्थिक वर्षको यही अवधिको तुलनामा झन्डै १७ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत विवरण अनुसार गएको वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएकोमा चालू आर्थिक वर्षको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । तर सरकारले लक्ष्य अनुसार राजस्व उठाउन भने सकेको छैन । चालू आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा चार खर्ब ६ अर्ब ३७ करोड रुपैय...

Source : https://ujyaaloonline.com/story/109101/2024/11/21/revenue-collection-increased-in-the-first-quarter