अलैंचीको मूल्य उच्च विन्दूमा, ४० किलाेकाे एक लाख सात हजार रुपैयाँ

ताप्लेजुङ – माग बढेसँगै अलैंचीको बजार मूल्य यस वर्ष उच्च भएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा अलैंचीको गुणस्तरका आधारमा आज प्रतिमन (४० किलो) को एक लाख सात हजार रुपैयाँसम्ममा खरिद/बिक्री भएको छ । अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर गरी दुई प्रकारले खरिद/बिक्री हुने गर्छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलोरहितको अलैंची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन एक लाख चार हजार रुपैयाँमा खरिद/बिक्री भइरहेको छ...

Source : https://ujyaaloonline.com/story/109102/2024/11/21/black-cardamom-price-at-a-high-point