काठमाण्डौ उपत्यकामा ३ जना मृत भेटिए
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाण्डौमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोटकाे ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक माछापोखरीको एक होटलमा मृत फेला परेका हुन् । त्यस्तै माछापोखरीको मितेरी पुल नजिकै खाली जग्गामा नाम थर नखुलेका एक पुरुष मृत भेटिएका डीआईजी कार्कीले बताउनुभयो । त्यस्तै ललितपुर महानगरपालिका–२५ मा रहेको नख्खु खोलामा नाम ...
Source : https://ujyaaloonline.com/story/109099/2024/11/21/3-people-were-found-dead-in-kathmandu-valley