काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने जनाएको छ । १६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने र यो नाटकीय हुने तर्क गर्दै महानगरपालिकाले अभियानअन्तर्गत कुनै गतिविधि नगर्ने जनाएको हो । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले निकाल्नुभएको विज्ञप्तीमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा राज्यसम्बद्ध निकाय र पदिाधिकारीहरूबाट असहयोग रहेको कारण लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गतका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय भ...
Source : https://ujyaaloonline.com/story/109236/2024/11/25/no-activities-during-the-16-days-of-activism-