कुलमानले विद्युत् बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काटे

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने ३४ उद्योगहरूको लाइन काटेको छ। असोज २४ मा प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ४९ उद्योगहरूको सूची सार्वजनिक गर्दै कात्तिक ८ सम्म बक्यौता तिर्ने समय दिएको थियो। यस अवधिमा ८ उद्योगले आफ्नो बक्यौता तिरेको छ भने ७ वटा उद्योगका कानुनी विवादहरू अदालतमा रहेकाले तिनको लाइन काटिएको छैन।

प्राधिकरणले बक्यौता बुझाउन समयसीमा तोकेर बारम्बार ताकेता गरेको थियो। ती उद्योगहरूमा बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट, अरिहन्त मल्टिफाइबर र मारुती सिमेन्टलगायतका उद्योगहरू छन्। यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महसुल तिर्न बाँकी रहेको छ।

प्राधिकरणका अनुसार बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरुमा त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, त्रिवेणी स्पिनिङ, जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट फ्याक्ट्री, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, जिबी टेक्स्टायल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योग, विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्स, भलबारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, इन्डस्ट्रिज, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, एसआर स्टिल, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज शुभलक्ष्मी पोलिमर्स, नेसनल रबर इन्डस्ट्रिज, ऐजी हेल्थ इन्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल एन्ड आयल, घोराही सिमेन्ट, सम्राट सिमेन्ट, रोल्पा सिमेन्टलगायत रहेका छन्।

 

 

 

The post कुलमानले विद्युत् बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काटे appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493853/