केपी ओलीले भाटभटेनिका मालिक मीनबहादुर एमालेकै हो भनेर क्लियर गर्नुभयो, हामी खुशी छौं : प्रचण्ड

काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भाटभटेनीका मािलक मीनबहादुर गुरुङ एमालेको भन्ने कुरा स्वयम एमाले अध्यक्ष केपी शर्मा ओलीले भनिसकेपछि आफू खुशी भएको बताएका छन् । उनले यसअघि भाटभटेनी नै प्रचण्डको हो भनेर लाग्ने गरेको आरोपबाट हैरान भएको सुनाउँदै अहिले भने त्यो आरोप ओलीलै स्पष्ट पारिदिएको बताए ।