गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्वजनिक
गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ गीत सार्वजनिक भएको छ । विश्वज्योति हलमा आयोजित कार्यक्रममा गायिका लोचन भट्टराईले सार्वजनिक गरेकी हुन् । सो गीतको रचनाकार महर्जन स्वयं हुन् । गीतको सङ्गीतकार दीपक रमण हुन् भने निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जन हुन् । गीतको प्रस्तुती सानु महर्जन, गीतको एरेन्जर सञ्जय हमाल हुन् । गीतमा गायक महर्जन र मोडलहरु अर्जुन शाक्य र सृतिका श्रेष्ठ छन् । गीतलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।
गीतको परियोजना म्यानेजर वीरेन्द्र थापा, सिनेमेटो ग्राफर सोहन मानन्धर, एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर नरेश सुनाम, ऐसिस्टेन्ट मेनेजर देवराज न्यौपाने, एसिस्टेन्ट डाइरेक्टर सृष्टि महर्जन, मिडिया डिजाइन ज्योति म्युजिक रहेको छ ।
गीत सार्वजनिक गर्दै गायिका भट्टराईले युवा जमातले मनपराउने खालको गीत भएको टिप्पणी गरिन । उनले भनिन् –गीतले सबैको मन जित्न सक्नेछ । गीतमा रोमान्टीट डान्स राखिएको छ । जुन डान्सले दर्शकको मन छुनेछ भने गीतको शब्दले श्रोताको मन चुम्नेछ ।
निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनले गायक महर्जनको स्वरमा तयार भएको गीतले युवा जमातको मन तान्न सफल हुने बताइन् । उनले भनिन् –मलाई यो गीतको निर्देशन गर्न आनन्द आएको छ । गीतले सबैका मन जित्ने अपेक्षा गरेको छु ।
बढीजसो नेवारी गीत गाएका महर्जनको मेरी सपना कि रानी गीतले थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरिन् । ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्काले आफ्नो वडाका महर्जनको प्रतिभालाई तारिफ गर्दै अबको दिनमा वडा कार्यालयको सहयोग रहने बताए । उनले स्थानीय थानागाउमा अगर धिमेबाजा पुचःमा नेपाल भाषाका गीत र सङ्गीतलाई संरक्षण गर्न जुटेका महर्जनको नयाँ गीतले थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
लामो समयदेखि गीत र सङ्गीतमा लागेका महर्जनले विभिन्न सांगेतिक कार्यक्रममा गीत प्रस्तुत गरेका छन् । उनी नेपाल भाषा र हिन्दी भाषाको गीत गाउने, मादल, धिमेबाजा र ड्रमसेट बजाउनमा पोख्त छन् ।
उनी हाल सञ्चालन भैरहेकोे नेवाः आइडियलको उत्कृष्ट १० मा पर्न सफल भएका छन् । उनको फाइनल यात्रा जारी रहेको छ ।