गिरफ्तारीबाट बच्नका लागि मेक्सिकोमा स्थानीय प्रहरी प्रमुखले आफैंमाथि गोली चलाए
काठमाण्डाै – गिरफ्तारीबाट बच्नका लागि सेन्ट्रल मेक्सिकोको एउटा सानो शहरमा प्रहरी प्रमुखले आफ्नै ज्यान लिएका छन् । भ्रष्टाचार विरोधी छापा मार्ने क्रममा पक्राउ गर्न सेना आएपछि प्रहरी प्रमुखले आफैंलाई गोली प्रहार गरेका सीबीएस न्युजले जनाएको छ । सेनाले छापा मार्ने क्रममा अन्य शीर्ष प्रहरी कमान्डर र अमानाल्को शहरका मेयरलाई पनि पक्राउ गरेको खबरमा उल्लेख छ । यो छापालाई सङ्घीय अधिकारीहरूले 'अपरेशन स्वार्म' नाम दिएका छन् । सङ्घीय सार्वजनिक सुरक्षा विभागले पक्राउ परेका सात जना अधिकारी आपराधिक समूहसँग आबद्ध रहेका बताएको छ...
Source : https://ujyaaloonline.com/story/109205/2024/11/24/police-chief-suicide-unveils-corruption-crisis