घाम चिह्नलाई दानको घर, घाम नामलाई मामाको घर

यो दशैँमा घामको नाम बडो ख्यातनाम भयो । दशै नसकिँदासम्म एउटाले नाम कमायो । दशै सकिँदा अर्कोले त्योभन्दा ठूलो नाम कमायो । दशैँ लाग्दालाग्दै घाम पार्टीले एउटा मामाबाट जग्गादान पायो । दशैँ सकिएपछि घण्टी पार्टीका माउ नेताले मामाघरको मेजमानी पाए । दशैँअघि घाम बादल र झरीभित्र थियो, सबैले दुःख मात्रै पाए । दशैँमा पारिलो घाम लागेपछि घाम पार्टीले दान पायो । दशैँपछि घाम मधुरो हुन के थालेको थियो, घण्टी पार्टीका घामनामी नेताले मामाघरको मेजमानी पाए । त्यसैले हामी पनि गफको शुरुआत दशैँअघि प्राप्त जग्गादानको कुराबाट गरौँ&nbsp...

Source : https://ujyaaloonline.com/story/107981/2024/10/20/donation-house-of-uml-jail-for-rabi