चीनले बनायो उड्ने कार

काठमाडौं – चिनियाँ अटोमोबाइल कम्पनी चेरीले ल्यान्ड एन्ड एयर भेहिकल नाम दिएको उड्ने कार सार्वजनिक गरेको छ । चेरी ग्लोबल इन्नोभेसन कन्फरेन्स २०२४ मा कम्पनीले सार्वजनिक गरेको कार अझै निमार्णकै क्रममा रहेको जनाएको छ । परीक्षणमा ८० किलोमिटर उडिसकेको कम्पनीले दाबी गरेको छ ।

स्टिरिङ ह्विलबिनाको गाडीमा विमान, इन्टेलिजेन्ट ककपिट र इन्टेलिजेन्स चेसिस गरी तीन मुख्य भाग छन् । सहरी क्षेत्रमा छोटो दुरीको यात्राका लागि बनेको यो सवारी साधन सजिलै उड्ने र अवतरणपछि गुड्ने मोडमा जाने कम्पनीले बताएको छ ।

यसले टाढै उडान भर्न सक्ने र टाढै अवतरण गर्न सक्ने बताइएको छ । एक हजार मिटर मुनिको उचाइमा उडान भर्न सक्ने यो कारको अधिकतम् गति १ सय २० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसअघि एक्सपेङ, जीएसी, एसएआईसीलगायत चिनियाँ कम्पनीहरूले आफ्नो फ्लाईङ कार सार्वजनिक गरेका थिए । – एजेन्सी

The post चीनले बनायो उड्ने कार appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493337/