चीनसँग भएको 'बीआरआई' समझदारी सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग
काठमाण्डाै – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चीनसँग भएको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) समझदारीपत्र सार्वजनिक गर्न माग गरेको छ । सरकारले गरेका सन्धि–सम्झौता, समझदारीलगायतका काम कारबाहीका बारेमा सुसूचित हुने नेपाली नागरिकको अधिकार संविधानले सुनिश्चित गरेको भन्दै ट्रान्सपरेन्सीले बीआरआईको समझदारीपत्र सार्वजनिक गर्न माग गरेको हो । आज विज्ञप्ति निकालेर ट्रान्सपरेन्सीले अहिले चर्चामा रहेको नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको बीआरआईको समझदारीपत्र अहिलेसम्म किन सार्...
Source : https://ujyaaloonline.com/story/109206/2024/11/24/ti-np-demand-to-make-bri-agreement-public