छविलाल जोशीलाई थप २० दिन थुनामा राख्न अनुमति

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई अदालतले अझै २० दिन हिरासतमा राख्न आदेश दिएको छ। शुक्रबार अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थप गरेको हो।

गत असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो। अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

The post छविलाल जोशीलाई थप २० दिन थुनामा राख्न अनुमति appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493295/