जुनियरकाे ह्याट्रिकमा रियल मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई हराएको छ । आज बिहान सकिएको खेलमा मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो । मडिड्रका लागि भिनिसियस जुनियरले ह्याट्रिक तथा एन्टोनियो रुडिगर र लुकास भाजक्युजले समान एक गोल गरे । याे जीतसँगै रियल मड्रिड ३ खेलमा ६ अङ्कसहित तालिकाकाे नवाैं स्थानमा छ । डर्टमन्ड ३ खेलमा ६ अङ्कसहित पाँचाैं स्थानमा छ । यस्तै च्याम्पियन्स लिगको अरू खेलमा एएस मोनाको, एसी मिलान, आर्सनल, भीएफबी स्टुटगार्ट, स्पोर्टिङ सीपी, गिरोना एफसी र एस्टन भिला विजयी भएका छ...

Source : https://ujyaaloonline.com/story/108068/2024/10/23/real-madrid-defeated-dortmund-in-champions-league