ट्रम्पले किन दिए बेलायतको लेबर पार्टीविरुद्ध उजुरी ? ह्यारिसको प्रतिकृया कस्तो छ

डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध फेडेरल इलेक्शन कमिसन (FEC) मा उजुरी दर्ता गरेको छ ।

अमेरिकी चुनावमा ह्यारिस वाल्ज अभियानलाई सहयोग पुर्याउन विदेशी हस्तक्षेप गरेको आरोप लगाउदै उजुरी दर्ता गरिएको हो ।

उजुरीमा मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै लेबर र ह्यारिस अभियानबीचको सम्पर्क र सम्भावित स्वयंसेवा प्रयासहरूको चर्चा गरिएको छ । जसलाई गैरकानुनी योगदान भएको उजुरीमा दाबी गरिएको छ ।

अमेरिकी राष्ट्रपतीय चुनावमा संलग्न लेबरका कार्यकर्ताहरू व्यक्तिगत क्षमतामा अभियान गरिरहेका छन् । यसबारेमा लेबर पार्टीले औपचारिक प्रतिक्रिया दिएको छैन ।

उजुरीले समाचारपत्रको रिपोर्टलाई उद्धृत गर्दै लेबर पार्टीसँग सम्बन्धित व्यक्तिहरू ह्यारिसका लागि अभियान गर्न अमेरिका पुगेको दाबी गरेको छ ।

यसबाट लेबर पार्टीले गैरकानुनी विदेशी योगदान दिएको र ह्यारिस अभियानले स्वीकृत गरेको ठहरिने आधार देखिएको उजुरीमा भनिएको छ ।

अहिलेसम्म, ह्यारिस वाल्ज अभियानलाई लेबर पार्टी वा यसका कर्मचारीको कुनै प्रयासबारे जानकारी नभएको बताइएको छ ।

FEC को नियमअनुसार विदेशी नागरिकहरू स्वयंसेवक रूपमा अभियानमा सहभागी हुन सक्छन् । तर उनीहरूलाई पारिश्रमिक दिन मिल्दैन ।

बेलायतका पार्टी अधिकारीहरू र अमेरिकाका समकक्षहरूबीच सम्पर्क राख्नु सामान्य मानिन्छ ।

यसअघि बेलायतको कन्जर्भेटिभ पार्टी र अमेरिकी रिपब्लिकनबीच पनि यस्तो सम्पर्क भएको थियो । अमेरिकामा नोभेरम्वर ५ मा राष्ट्रपतिको चुनाव हुदैछ । चुनाव नजिक आइरहेको बेला कमला ह्यारिस र ट्रम्प दुवैले अभियानलाई तिब्र बनाइरहनु भएको छ ।

Source : https://www.khasokhas.com/210996