जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

सिन्धुली।

दुधौली नगरपालिका-७ कटहरे बस्ने राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने २७ वर्षीय हिमाल बराल समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ७० रूपैयाँ, कौडा १६ थान र मोटरसाइकल २ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Source : https://newsofnepal.com/2024/10/26/675371/