ज्ञानेन्द्र शाहलाई भेट्ने कल्पनासमेत गर्न सकिँदैन : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै शाहलाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए ।

‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post ज्ञानेन्द्र शाहलाई भेट्ने कल्पनासमेत गर्न सकिँदैन : प्रचण्ड appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493971/