ज्वाईं साबको १० दिनको व्यापार ३ करोड २५ लाख

काठमाडौं । गत फुलपाति २४ असोजमा रिलिज भएको चलचित्र ज्वाईं साबले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै यो चलचित्रको १० दिनको व्यापार सार्वजनिक गरेको छ । यो चलचित्रका वितरक र निर्माताले विज्ञप्तिमार्फत चलचित्रको व्यापार सार्वजनिक गरेका हुन् ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।

वितरक पक्षले अनुसार यो चलचित्रले शनिबारसम्म १० दिनमा नेपालका चलचित्र घरमा कुल ३ करोड २५ लाख रुपैयाँको ग्रस ब्यापार गरेको छ, ‘हिजो शनिबारसम्म १० दिनमा चलचित्र ज्वाईं साबले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी संयुक्त रुपमा ३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको छ ।’

यो चलचित्रका निर्देशक बसन्त निरौलाले चलचित्रको व्यापार’bout भने,‘चलचित्र ज्वाईं साब अहिले दोश्रो सातामा प्रदर्शन भईरहेको छ र अहिले पनि उत्साहजनक रुपमा दर्शकको उपस्थिति हलमा छ । यो चलचित्र हेर्नु भएका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिनु भएको छ ।’

यो चलचित्रका प्रस्तुतकर्ता राजकुमार पण्डितले पनि लगानीको हिसाबले आफुहरु फाईदामा रहेको बताएका छन् । दशैंमा तीन वटा चलचित्र प्रदर्शन हुँदा पनि दर्शकहरुले आफुहरुलाई त्यत्तिकै मायाँ गरेको पण्डितले बताएका छन् ।

यो चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायतका कलाकारहरुको अभिनय छ ।

यसमा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको द्धन्द्ध निर्देशन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत निर्देशन रहेको छ । रेड आइ फिल्मसको व्यानरमा निर्मित तथा समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको यो चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता रहेका छन् ।

The post ज्वाईं साबको १० दिनको व्यापार ३ करोड २५ लाख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102489/