टि-२० आई सिरिज: नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो ।

नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए ।   

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए ।

नेपालको यो जितपछि ३ खेलको सिरिज २-० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ ।  

The post टि-२० आई सिरिज: नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102430/